निगमले इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति पायो

 

मङ्सिर २१,काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति पाएको छ। माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री प्रेम बहादुर आलेज्यूको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारीको सक्रिय सहभागितामा निगमले आफ्नो इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ (Dangerous Goods) ओसारपसार गर्ने वायुसेवाको रुपमा अनुमति प्राप्त गरेको छ ।

खतराजन्य पदार्थ ओसारपसारको अनुमतिको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको (ICAO) Annex-18 tyf DOC 9284 मा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरु पूरा गरेपश्चात् ने.वा.नि.का sf A-320 / A-330 जहाजहरुलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति प्रदान गरेकोमा नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विशेष धन्यवाद व्यक्त गरेको छ ।
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको समुपस्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले सोमबार खतराजन्य पदार्थ ओसारपसार अनुमति पत्र (Dangerous Goods Carrier Certificate) निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित उक्त कार्यक्रममा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निगमले प्राप्त गरेको प्रमाण पत्र उच्चतम् कार्यको प्रतिफल र सह्रानीय कार्य भएको उल्लेख गर्नुहु“दै नेपाल नागरिक उड्डयन प्राधिकरण र निगम दुबै संस्थालाई बधाई दिनुभयो ।
विगत ६३ वर्षदेखि हालसम्म निगमले न्भलभचब िऋबचनय ओसारपसारमा मात्र सीमित रहेकोमा आगामी दिनहरुमा खतराजन्य पदार्थ अन्तर्गत पर्ने कार्गो सामानहरुको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउने छ। निगमको A-330 जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकोमा आगामी दिनमा खतराजन्य पदार्थ अन्तर्गतका विभिन्न औषधीजन्य र विद्युतीय सामान लगायतका सामानहरुको ओसारपसारमा सहजता भई उक्त विमानहरुको उच्चतम् सदुपयोग भई निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुने भएको छ ।

निगमले विगत ६ दशकभन्दा बढी अवधिदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको छ ।

 

Loading...