सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्छौ – सभामुख सापकोटा

मंसिर१६,काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभएको छ । स्पेनबाट स्वदेश फर्किनुभएको सभामुख सापकोटाले बिहिबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतमा देखिएको समस्या समाधान छिटै गरिने बताउनुभएको हो ।

सर्वोच्चमा हाल देखिएको गतिरोधको बारे पत्रकारहरुको प्रश्नमा सभामुख सापकोटाले यो समस्या समाधानका लागि पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा आफुले सोच्ने बताउनु भयो।
सभामुख सापकोटा मंसिर ८ गते अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औँ सम्मेलनमा सहभागी हुन स्पेनको म्याड्रिड जानुभएको थियो ।

 
Loading...