राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा आजदेखि चुनावी प्रक्रिया

 

मंसिर १६,काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका क्रममा आजदेखि चुनावी प्रक्रिया शुरु हुदैछ । नयाँ नेतृत्व चयनका गर्नका लागि भोलि देखि हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता / दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
बुधबार साँझसम्म प्रकाशित गरिसक्नुपर्ने मतदाता नामावली अहिलेसम्म प्रकाशित हुन सकेको भने छैन । विहान ९ बजेदेखि शुरु हुनुपर्ने उम्मेदवारको मनोनयन पनि सो हिकरण पर धकेलिने सम्भावना देखिएको छ ।
उद्घाट्न समारोह सकिएलगत्तै बुधबार साँझदेखि शुरु भएको बन्दसत्रमा अध्यक्षत्रयका प्रतिवेदन र विधान संशोधन मस्यौदा पेश गरिएको थियो । आज हुने बन्दसत्रले ती प्रस्तावहरु पारित गर्ने भएको छ ।

यसैबीच, उम्मेदवारको मनोनयन दस्तुर अध्यक्ष पदका लागि १ लाख, उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको छ ।

नयाँ नेतृत्वमा बहालवाला अध्यक्ष कमल थापालाई युवा नेता राजेन्द्र लिङ्देन दुवै पक्ष प्यानलसहित निर्वाचनमा होमिने तयारीमा रहेका छन् ।

Loading...