चलचित्र ‘घुइँचो’ मा एलिजासँग कुन्साङ

काठमाडौँ । चलचित्र ‘घुँइचो’ निर्माण घोषणा भएको छ। दिवेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्रमा एलिजा गौतम र मोडल कुन्साङ बम्जनको जोडि बन्ने पक्का भएको छ। आरजे म्यूजिक एण्ड फिल्मको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रका निर्माता रामजी दैलेखी हुन्।

चलचित्रले गाउँदेखि अमेरिकाको कथा भन्ने निर्माण पक्षले जनाएको छ। चलचित्र आगामी माघको अन्तिम साताबाट शुरु हुनेछ। निर्देशकीय हिसाबले यो लामाको यो पाँचौँ चलचित्र हो ।

Loading...