तेश्रो धुर्वको रुप र नयाँ युगको स्वरुपमा संघीय समाजवादी फोरम – राजेन्द्र श्रेष्ठ

वाम गठवन्धन गणतन्त्र विरुद्द शक्तिहरुको संगको गथवन्धन

          

 मंसिर १३, काठमाडौँ / संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवार राजेन्द्रप्रसाद श्रेष्ठले जातिय मुक्तिका लागि संघीयता र बर्गिय मुक्तिका लागि समाजवादको नारा सहित हिमाल, पहाड तथा तराई सवै अट्ेको एक मात्र पार्टी संघीय समाजवादी फोरम नेपाल भएको बताएका छन्। सह–अध्यक्ष श्रेष्ठले संघीय समाजवाद फोरम तेश्रो धुर्व्को रुपमा नयाँ स्वरुपमा उदय हुने बताउदै वाम गठवन्धन गणतन्त्र विरुद्द शक्तिहरुको संगको गथवन्धन रहेको आरोप लगाउनु भएको छ । उहाले नयाँ नेतृत्व नयाँ विचार तथा समान अधिकार बोकेको सवै जात–जातिको एक मात्र पार्टी संघीय समाजवादी फोरम नेपाल भएको समेत दावी गरेका छन्।
संधीय समाजवादी फोरम नेपाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश ३ अन्तर्गत क्षेत्र नंबर ७ का प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका चर्चित उम्मेदवार ज्ञानेन्द्र मोहन श्रेष्ठले आफु विजय भएको खण्डमा क्यान्सर तथा किडनी रोगीहरुलाई प्रतिमहिना नगद १ लाख दिने घोषणा गरेका छन् भने अर्का प्रदेशसभाका उम्मेदवार श्यामकृष्ण प्रजापतिले नेपालमा कर तिर्न पनि घुस दिनुपर्ने भ्रष्ट तन्त्रको अन्त गर्ने तथा सडक विस्तारका कारण काठमाडौका जनताले पाउंदै आएको दुःख निवारण गर्ने र उनीहरुलाई राहत दिने आफूहरुको मूल मुद्दा भएको बताए। प्रदेशसभाका समानुपातिक उम्मेदवार शेषनारायण महर्जनले काठमाडौवाट विगत पाँच बर्षदेखि हराउंदै गरेका छोरीमैया महर्जन जस्ताको खोजी र उनको परिवारलाई न्याय दिन सरकार असफल भएको खुलासा गर्दै त्यस्ता पीडितहरुको लागि आफूहरु डटेर लाग्ने बताएका छन्।

Loading...