केटालाई फोन गरि बोलाई ब्ल्याकमेलिङ गरि सुन लुट्ने दुइ महिला पक्राउ

काठमाडौँ। केटालाई फोन गरि बोलाई ब्ल्याकमेलिङ गरि सुन लुट्ने दुइ महिला प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले सोमबार उर्मिला भन्ने यूनिसा मगर र रोशनी भन्ने सुनिता तामाङ नाम बताउने दुइ महिलालाइ गोंगबुबाट पक्राउ गरेको हो।
प्रहरी अनुसन्धान अनुसार बौद्ध बस्ने एक पुरुष ब्यक्तिलाई उर्मिला भन्ने यूनिसा मगर र रोशनी भन्ने सुनिता तामाङ नाम बताउने महिलाले फोन गरी एयरपोर्ट बोलाई एयरपोर्टबाट ट्याक्सीमा बस्न लगाई ललितपुरको चापागाउँ बसपार्क नजिकै रहेको खाजा कटेजमा खाजा खान भनी लागे। यूनिसा मगरले टिकटक बनाउन्छु भनि ३७.०५ ग्राम ( ३ तोला माथि )को सुनको सिक्री हात पार्छिन। निज पुरुष ब्यक्तिलिई पनि साथीको जन्मदिन मनाउन चपागाउँकै मोक्तान होटलमा लगी यूनिसा मगरले सुनिता तामाङ र पुरुष ब्यक्ति दुइ जनालाई होटलको कोठा भित्र नै छोडी सुनको सिक्री लिई बाहिर निस्किए पछि सो पुरुष व्यक्तिलाई कोठामा राखी सुनिता तमाङ् पनि निस्किन्छन। आफ्नो मोबाईल जानी जानी कोठामा छोडेकी सुनिताले बाहिर बाट कोठा बन्द गरी २ लाख ५० हजार बराबरको सुनको डिमाण्ड गरि आफ्नो हातमा पार्छिन्।
प्रहरीले दुबैलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात: ठगी सम्बन्धि कसुर मुद्दामा थप अनुसन्धान एंव कारबाहीका लागि महानगरीय प्रहरी परिसर जवालाखेल, ललितपुर पठाईएको महाशाखाले जनाएको छ ।

Loading...