जितेन्द्र रसिककाे बालकथा सङ्ग्रह ‘ गुलेली ’ सार्वजनिक

काठमाडौँ। साहित्यकार जितेन्द्र रसिकको १२ औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ सार्वजनिक भएको छ । शिखा बुक्सले प्रकाशन गरेको यो बालकथा सङ्ग्रह च्याप्टर बुक हो । कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन चित्रसहित प्रस्तुत गरिएको छ । सङ्ग्रहमा गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शीर्षकका कथाहरु सङ्ग्रहित छन् ।

पछिल्लो समय कोभिड महामारीले घरमा थुनिएर बसेका बालबालिका कोभिड महामारी कम हुँदै गएपछि विद्यालय जान थालिसकेकाले ती बालबालिकाका लागि रिफ्रेसमेन्ट राख्न कथा सङ्ग्रह सफल रहने कथाकार रसिकको भनाई छ । बालबालिकाका लागि दसैं बिदा लक्षित गरेर बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा ल्याइएको शिखा बुक्सले जनाएको छ । कथा सङ्ग्रहको मूल्य १ सय २५ रुपैयाँ रहेको छ ।

 

Loading...