कुमारी रथ जात्रा किन र कसले चलाए ? यस्तो छ आख्यान र इतिहास

नेपल मण्डल ( काठमाडौँ ) नगर उत्घाटन येंया : गरेको दिनको रुपमा  येंया जात्रा ( इन्द्रजात्रा ) –

 

काठमाडौँ। लोकोक्ति अनुशार तलेजु भवानी काठमाडौँका राजा त्रलोक्य मल्ल संग पासा खेल्थिन् । एकदिन पासा खेल्ने क्रममा त्रलोक्य मल्लका छोराले देखेपछि तत् पश्चात बात राजाले प्रतक्ष रुपमा दर्शन नपाएको र देवी भवानीले बौध्द कन्या अर्थात नेवार शाक्य समुदयकी छोरीमा कुमारीको रुपमा दर्शन दिने बाचा पछि अन्तरध्यान भएको मानिन्छ । 

त्यसैले जगतप्रकाश मल्लले काठमाडौँस्थित कुमारीघर स्थापना गराएको मानिन्छ । त्यसै बेला देखि राष्ट्र प्रमुखले देवी कुमारीको हातबाट टिका ग्रहण गर्ने प्रचल चलेको हो। साथै यदि राज्य प्रमुखले कुमारीघर घर नपुगी अपमान गरे राज्य स्थिर नरहने विस्वास गरिन्छ। अन्तिम मल्ल राजा जय प्रकाश मल्ललाइ कुमारीले अब तिम्रो राज्य गर्ने शक्ति सकियो ,राज्य सत्ता बचाई राख्न कुमारीको रथा रोहण गराउनु भन्ने उपदेश दिए मुताविक ने स ८७६ देखि रथारोहण प्रारम्भ भएको मानिन्छ।
ने स ८८८ मा गोरखाका राजा पृथ्वी नाराएण शाहले यसै दिन सांघातिक हमला गरि नेपाल मण्डल (काठमाडौँ ) आफ्नो अधिनमा लिएका थिए। तर पृथ्वी नाराएण शाहले नेवार समुदायको अस्तित्वलाइ आत्म साथ् गर्ने भनि मौखिक प्रतिवद्दता जनाएका थिए।

नेपल मण्डल ( काठमाडौँ ) नगर उत्घाटन येंया : गरेको दिनको रुपमा  येंया जात्रा ( इन्द्रजात्रा ) –

कालिगत संवत ३८२५ ( बि स ७८१ ) मा राजा गुणकाम देवले पचिली भैरव स्थानलाइ बिंड र म्ह्य्पीलाइ मञ्जुश्री खड्गको टुप्पो हुने गरि देशको चारै तिर अष्टमातृका पिठ स्थापना गराई हालको काठमाडौँ महानगर पालिका २१ वडा स्थित येंगा हिटी ( दक्षिण कोलिग्राम )मा नेपल मण्डल ( काठमाडौँ ) नगर उत्घाटन येंया : गरेको दिनको रुपमा प्रत्यक बर्ष येंया जात्रा ( इन्द्रजात्रा ) पर्व मानिने परमपरा रहेको मानिन्छ।

present by –

  –   Buddha Sharan Shahi

 

 

 

 

नेपाल मण्डल सम्पदा बात –

 

Loading...