पूर्वराजा ज्ञानेन्द्रले जीवित देवता कुमारीको दर्शन गर्ने

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले आज जीवित देवता कुमारीको दर्शन गर्न बसन्तपुर कुमारी जाने भएका छन् । राट्रिय पर्व कुमारी जात्राको आज अन्तिम रथ यात्रा सकिएर साँझ गद्दी बैठक अगाडी रहेको कुमारी घर पुगेर कुमारीको दर्शन गर्ने पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिनु भयो । राष्ट्रपति भण्डारीबाट कुमारीको दर्शन सकेर फर्किएलगत्तै पूर्वराजा कुमारी घर जाने सचिव पाठकको भनाइ छ। प्रत्यक बर्ष मनाइने इन्द्रजात्रामा राष्ट्रप्रमुखले जीवित कुमारीको हातबाट टिका ग्रहण तथा दर्शन गर्ने प्रचलन रहिआएको छ। साथै उनले गणेश, भैरव बात पनि टिका ग्रहण गरिने भएको छ ।
 
 
 
 
Enter
 
 
 
 
 
 
 
 
Loading...