प्रहरीको गाडीबाट हाम फालेर फरार रहेका ब्यक्ति पक्राउ

काठमाडौँ।  जबरजस्ती करणी सम्बन्धी मुद्दामा म्याद थपको क्रममा अदालत लैजादै गर्दा भागी फरार रहेका अभियुक्त पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त जनसेवाले पक्राउ गरि अनुसन्धान गर्दैको क्रममा गएको श्रवण २९ गते म्याद थपकोलागि अदालत लैजादै गर्दा प्रहरीको गाडीबाट हाम फाली फरार रहेका निर्मल परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार कास्की गगनगौंडा बात पक्राउ गरेका हुन्।
पक्राउ परेका परियारमाथि थप अनुसन्धानको लागी महानगरीय प्रहरी बृत्त जनसेवा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Loading...