काठमाडौँ महानगरको ढोकामै फोहर उपहारको दुन्गुर

काठमाडौं –  युथ कङ्रेस नेपालले काठमाडौं महानगरपालिकाका मेयरलाई फोहोर उपहार दिएका छन् ।
महानगरपालिका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोरले दुर्घन्धित भएको भन्दै आज युथ कङ्रेस नेपालले महानगर पालिकाको कार्यालय बागदरवार पुगेर ढोकामै बिभिन्न स्थान बाट संकलित फोहर खन्याएका हुन्। सो समुहले यथासिघ्र थुप्रेका फोहर ब्यबस्थापन हुनु पर्ने माग राखेका छन्।

यसै गरि काठमाडौँ महानगरपालिका मेयर बिद्या सुन्दर शाक्यले सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने वताउनुभएको छ । बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो ।
उहाँले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौँ बनाउँने प्रतिवद्धता व्यक्त गर्नुभयो । वर्षाका कारण विग्रिएको बाटोका कारण सिसडोलसम्म जाने बाटो बिग्रेको र बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन र कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरलाई दुर्घन्ध कम गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगवासीलाई अनुरोध गर्नु भएको छ।

Loading...