भाषा र लिपि संरक्षणमा हामीले जोड दिनुपर्छ : मुख्यमन्त्री शाक्य

काठमाडौँ।   बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेवा: हरुको संस्कृति, भाषा र लिपि संरक्षणमा जोड दिन सहयोग गर्ने बताएकी छिन्। नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले आज लखतीर्थ स्थित कार्यालयमा आयोजना गरेको कार्यक्रममा शाक्यले भाषा र लिपि रहेमात्रै जातिको पहिचान रहने भन्दै यसमा मातृभाषा पत्रकारिताको योगदान धेरै रहने बताएकी हुन्। उनले नेवा: मात्र नभइ बागमती प्रदेशमा बहुसंख्यामा रहेका तामाङ र अल्पसंख्यक जिरेल, चेपाङ लगायतका जातिहरुको विकास र उत्थानमा पनि प्रदेश सरकारले सहयोग गर्ने बताइन्। पत्रकार भेटघाट कार्यक्रममा काठमाडौं महानगरपालिका वडा १५ का विभिन्न संघसंस्था र नेवा: पत्रकारहरुले शाक्यलाई सफल कार्यकालको शुभकामना दिएका थिए। अभिनन्दन ग्रहण गरेपछि शाक्यले अहिलेको राजनीतिक परिस्थिति स्थिर भएपछि विकास निर्माणका काम अघि बढने समेत बताइन्छ। उनले हाल प्रदेश सरकारको प्रमुख दायित्व कोरोना भाइरसको नियन्त्रण र रोकथाम भएको समेत बताइन्छ। साथै उनले मेलम्ची र हेलम्बुमा तत्काल प्रदेश सरकारले सडक संजाल विकास गर्न तत्काल काम अघि बढाउने समेत बताइन्छ। नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले शाक्यलाई केहीदिन अघि नेवा: पत्रकार काउन्सिलको माग राखेको थियो। शाक्यले आफू भर्खरै मुख्मन्त्री बनेको भन्दै यसबारेमा अध्ययन गरेर जानकारी गराउने बताइन्छ।

Loading...