सांसदहरुलाई रिसोर्समा थुनेर ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो : अध्क्षय ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले आफ्ना सांसदहरूलाई बलजफ्ती अपहरण गरि रिसोर्समा थुनेर आरोप लगाएका छन्। अध्यक्ष ओलीले बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घरघरबाट मान्छे उठाएर तीन दिनदेखि रिसोर्टमा लगेर थुनेर राखेको आरोप लगाए।
ओलीले भने ‘तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो।’
यो अलोकतान्त्रिक काम भएको ओलीको भनाई छ । बाटो बिराएकाहरुलाई मुलधारमा फर्कन पनि अध्यक्ष ओलीले अपील गरे ।
काठमाडौँको चन्द्रागिरी रिसोर्टमा दुई दिन आवासीय बैठक बसेर विधान र घोषणा पत्र पारित गरेपछि आज सनाखतका लागि माधव नेपाल नेतृत्वको टिम नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेको हो।
माधव नेपाललाई दोस्रो तहका केही नेताले साथ नदिए पनि तेस्रो पुस्ताका उल्लेख्य नेताहरुले साथ दिएका छन् ।

 

 

Loading...