म्याद गुज्रिएका खाद्यबस्तु नक्कली मिति टाँसी बिक्रि बितरण गर्ने पक्राउ

काठमाडौँ। म्याद गुज्रिएका खाद्य सामग्रीहरु नक्कली मिति लेभलिङ गरी आफुखुसी महंगो मूल्य राखी बजारमा बिक्री बितरण गर्ने ब्यक्ति पक्राउ परेका छन् । आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने कार्य भईरहेको भन्ने गोप्य सूचना बाणिज्य बिभागमा प्राप्त भए पश्चात् यस महानगरीय अपराध महाशाखा र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले आज बालाजु स्थितमा अगद नेपाल भेन्चर प्रा. लि.का संचालक प्रभात देवले जग्गा तथा सटर भाडामा लिई जस्ताको टहरा बनाई गोदाम गरी राखेको ठूलो परिमाणमा उपभोग मिति सकिएका बिभिन्न कम्पनीबाट उत्पादित खाद्य सामाग्री बिस्कुटहरु पास्ता, सेवाई, कर्नफ्लेक्स, लगायतका म्याद गुज्रिएका सामानहरुका साथ उक्त कम्पनीमा सुपरभाइजर सुवास खड्कालाई नियन्त्रण लिएको छ। नयाँ बानेश्वर बस्ने उक्त कम्पनीका सञ्चालक प्रभात देव भने फरार रहेको छ।
नियन्त्रणमा लिएका खड्कालाइ आवश्यक कारवाहीको लागि बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाण्डौमा पठाईएको महाशाखाले जनाएको छ ।
साथै महाशाखाले नेपाल भेन्चर प्रा.लि. बाट उल्लेखित बिभिन्न खाद्य सामग्रीहरु लिई बिक्रि वितरण गर्नुभएका थोक तथा खुद्रा बिक्रि बिक्रेताहरुले अवोप्रान्त उक्त खाद्य सामग्रीहरु बिक्रि बितरण नगर्न/नगराउन हुन समेत सचेत गरिएको छ ।

Loading...