नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गर्छौ : अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई आरोपै आरोप लगाएका छन्। पूर्वनेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका नेपाललाई कम्युनिष्ट आन्दोलन मास्ने नाईके समेत भएको भन्दै नेकपा एमाले विभाजन नभएको दावी गरे । बिहीबार भक्तपुरमा आयोजित एक कार्येक्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले एमाले विभाजन भएको नभई माधव नेपाल समूह चोइटिएर गएको जिकिर गरे । नयाँ दल दर्ता गर्न माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह समेत गरेका छन्।

ओलीले भने, ‘एमाले विभाजन भएको छैन। एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान्। त,र त्यो टाल्न सकिन्छ, पार्टीमा घात गर्नेहरु केही बाहिरिएको मात्रै हुन्।’ उनले पार्टी एकताको लागि आफूले ठूलो पहल गरेको बताए।

ओलीले भने, ‘मैले एकताको कोसिस नै नगरेर भन्ने कुरा होइन। ५१ वर्ष अगाडि कम्युनिष्ट पार्टी पार्टीजस्तो थिएन त्यसै आन्दोलनबाट एकताको आह्वान ३१ सालमा गरेको थियो। त्यसपछि विभिन्न समूह सामेल भएर ३५ सालमा माले बन्यो पार्टी विस्तार एकिकरण र एकताको प्रयासहरु मेरै नेतृत्वमा भएको हो।’

माओवादी र एमाले पनि आफै नेतृत्वमा एकता भएको बताए। एमालेबाट केही मान्छे बाहिरिएपछि पार्टी निर्माण गर्न कोसिस गरेन भन्नु पूर्वाग्राही मात्रै भएको बताए।
पार्टी बचाउन आफ्नो सरकार ढाल्न लागेपछि अन्तिम समयमा फोन गरेर भेटेर एकताको प्रयास गर्दा पनि नमानेको उनले बताए।