‘नयाँ आधारमा कम्युनिस्टहरुको एकता सम्भव

 

काठमाडौँ । नयाँ आधारमा कम्युनिस्टहरुबीच एकता सम्भव भएको वक्ताहरु बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालले बुधबार संवाद डबलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले देश र जनतालाई केन्द्रमा राखेर विचार र कार्यदिशामा एक ठाउँमा आउन सक्नेहरुबीच एकता सम्भव भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणी पोखरेलले विचार र दृष्टिकोणमा देखा परेका भिन्नताले कम्युनिस्ट पार्टी विभाजन भएको बताए । उनले माक्र्सवादलाई सिर्जनात्मक प्रयोग भन्दै व्यवहारमा माक्र्सवादकै भ्रष्टीकरण गर्ने प्रवृतिका कारण समस्या देखा परेको बताए । नेता पोखरेलले व्यक्तित्वको टकराबका कारण कम्युनिस्ट विभाजन भएको बताए । सांगठानिक व्यवस्थापन हुन नसक्दा पनि नेपाली कम्युनिस्ट आन्दोलनमा समस्या पैदा भएको पोखरेलले बताए । उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई सहीरुपमा बुझ्न नसक्दा पनि नेपाली कम्युनिस्ट विभाजन हुँदै गएको बताए । मनोगतरुपमा नभएर भौतिक आवश्यकताका कारण नेपाली कम्युनिस्टहरुबीच ध्रुविकरण वा एकता हुने बताउँदै नेता पोखरेलले विचार र कार्यदिशा मिल्ने, देश–जनताको सवालमा एकरुपता, एमसीसीलगायतका राष्ट्रियताको मुद्धामा एक हुन सक्ने कम्युनिस्टहरुबीच ध्रुविकरण आवश्यक भएको बताए । उनले पार्टी एकता हुन नसक्नेबीच रणनैतिक मोर्चा वा संयुक्त मोर्चा बनाएर पनि अगाडि बढ्नु पर्ने बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले संसदवादी र क्रान्तिकारीहरुबीच प्रवृति ध्रुविकरण बताए । उनले संसदवादी शक्तिले जिते उसको नेतृत्वमा ध्रुविकरण हुने र क्रान्तिकारी शक्तिले जिते उसको नेतृत्वमा ध्रुविकरण हुने बताए । दलाल संसदवादी व्यवस्था रहेका कम्युनिस्ट विचारमा पूरै पतन भइसकेकोले एकता वा ध्रुविकरण सम्भव नभएको बास्तोलाले बताए । उनले उपलब्धीको उपलब्धीको रक्षा सामान्य नियम भएको बताउँदै संसदवादी कम्युनिस्ट त्यसलाई नै सिद्धान्त बनाएर बसेको बताए । संसदीय पार्टीहरु प्रतिगामी दलाल संसदीय व्यवस्थाको रक्षामा लागेकोले बताउँदै बास्तोलाले उनीहरुसँग ध्रुविकरण सम्भव नभएको बताए । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य इन्द्रमोहन सिग्देलले नेपालमा आफूलाई कम्युनिस्ट पार्टी भन्नेहरु नै कम्युनिस्ट विचारबाट टाढा पुगेको भन्दै क्रान्तिकारीहरुबीच ध्रुविकरण सक्ने बताए । आफ्नो पार्टीले मालेमावाद र जनवाद–वैज्ञानिक समाजवाद मान्नेहरुबीच ध्रुविकरण चाहेको उनले बताए । संसदीय व्यवस्थाको अभ्यास गर्ने कम्युनिस्ट असफल भइसकेको बताउँदै नेता सिंग्देलले क्रान्तिकारीहरुबीचमा विचार र राजनीतिमा केही भिन्नता देखा परेकै कारण एकता हुन नसकेको बताए । नेकपा एमालेका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले नेपालमा एउटा संसदवादलाई मान्ने र अर्को नमान्ने कम्युनिस्ट धार रहेका कारण जनताले चाहेअनुसार ध्रुविकरण हुन नसकेको बताए । आफूहरुले जनताको जनवादमा टेकेर समाजवाद पुग्ने लक्ष्य बोकेका कम्युनिस्टहरुबीच एकता चाहेको बताउँदै रायमाझीले त्यसको लागि विचार र राजनीतिक रुपमै छलफल हुनुपर्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी र जन समाजवादी मंचका संयोजक कृष्णप्रसाद धमालले पनि कम्युनिस्टहरुबीच ध्रुविकरण हुन आवश्यक रहेको बताएका थिए । कार्यक्रमको अध्यक्षता क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष जन्मदेव जैसी र संचालन संठनका महासचिव बाबुराम भुसालले गरेका थिए ।

 
 
 
Seen by Dhananjaya Budha at 6:37 PM
 
Enter
 

You sent

 
 
 
 
 
 
Enter
 

You sent

 
 
 
ok