मोटरसाईकल चोरीमा संलग्न ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

 

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल सहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।
बास्तविक नम्बर परिवर्तन गरिएको अवस्थामा महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न भएको आरोपमा भक्तपुर बस्ने बर्ष १९ को दिपेन्द्र भुजेल , ताप्लेजुङ्गका १९ बर्षे बिशेष लिम्बु र धनुषा मिथिलाका २१ बर्षिय बिकल थापालाई शनिवार पक्राउ गरेको हो।
उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाईकल चोरीका घटनाहरुलाई न्युनिकरण गर्न सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरि चोरीमा संलग्न गिरोहलाई बिशेष निग्रानी गर्न, सुचना संकलन गर्न र त्यस्ता व्यक्तिहरुलाई पक्राउ गर्न बिशेष अभियान संचालन भैरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताउनु भयो ।
पक्राउ परेको मोटरसाईकल सहित तिनै जनालाई थप अनुसन्धान एव कानूनी कार्बाहीको लागी प्रहरी बृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।
गत आ.व.मा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने हराएका ३९७ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

Loading...