पक्राउ परेका अग्रवालले म्याद गुज्रेका सामानमा नँया नक्कली मिति राख्थिए


काठमाडौँ। महानगरीय अपराध महाशाखाले बिभीन्न प्रकारका म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा रहेको पुराना मिति लाई उप्काई स्टिकरमा नँया मिति राखी बिक्री बितरण गर्ने दुइ जनालाई पक्राउ गरेको छ।
महाशाखावाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगर पालिका १५ सानो भर्याङ बात आइतबार बिभीन्न प्रकारका म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा रहेको पुराना मिति लाई उप्काई स्टिकरमा नँया मिति राखी बिक्री बितरण गरेको आरोपमा अबिनाष अग्रवाल र महाबिर गजुरलाइ पक्राउ गरेको हो।

     

महाशाखा टोलिले सानो भर्याङ स्थित समिट कमर्सियल प्रा.लि.को नाउमा भाडामा लिएको साढे ३ तले घर र काठमाडौँ महानगरपालिका २२ भोटेबहाल बात विभिन्न डिपार्ट मेन्टल स्टोरमा मिति सकिएर उठाएका पुराना सामानलाई नँया मितिका स्टिकर टाँस गरी बजार पठाउन तयारी राखिएको अम्दाजी एक करोड बराबरको म्याद गुज्रेका कस्मेटिकका सामानहरु बरामद गरेको छ।
 पक्राउ परेका अग्रवाल र गजुरलाइ बाणिज्य तथा उपभोक्ता हित संरक्षण बिभाग बबहरमहल काठमाण्डौको समन्वयमा गोदाममा सिलबन्धी गरि बिभाग संगको समन्वयमा थप अनुसन्धान  कारबाहिको लागी बाणिज्य तथा उपभोक्ता हित संरक्षण बिभाग बबहरमहल काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ ।

Loading...