मनगढ़न्ते समाचारले मेरो जनता प्रतिको समर्पित जीवन आदर्श माथि आक्रमण भयो : रावल

 

काठमाडौँ।नेकपा एमालेका उपाध्यक्ष भीम रावलले हालै एक अनलाइनले प्रकासित समाचारले मनगनन्ते समाचारले आफ्नो देशभक्ति र जनता प्रतिको समर्पित जीवन आदर्श माथि आक्रमण भएको बताए।
बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले पार्टी मिलाउन प्रयास दौरानमा पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार गरिएको प्रति दुःखेसो व्यक्त गरेका छन्।
‘मेरोविरुद्ध उक्त प्रकारको कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा (एमाले)लाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र ध म्कीयुक्त फोनको स्मरण हुन्छ ।’ बिज्ञप्तिमा उल्लेख छ।

Loading...