छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

ओखलढुंगा । दुई जना १० वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका-२ पुलामी टोलस्थित चण्डेश्वरी ईङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ३० वर्षीय करण राईलाई पक्राउ गरेको हो ।

झापा शिवसतासी नगरपालिका-८ झिलझिले घर भएका राईले ती छात्रालाई गत बिहीबार स्कुल गएको अवस्थामा कक्षा कोठाभित्र यौन दुर्व्यवहार गरेको भन्ने आरोप लागेको छ ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

Loading...