श्रमजीवी–पत्रकारहरुको हितमा लड्ने प्रतिबद्धतासहित संघको पहिलो बैठक सम्पन्न

 

असार २६ ,काठमाडौं । श्रमजीवी–पत्रकार, संघ, नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार एवं श्रमिकहरुको हकहित, पेशागत, भौतिक सामाजिक सुरक्षाका साथै पत्रकारहरु आफैंले सञ्चालन गरेका साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको हित र संरक्षणको लागि लड्ने प्रतिबद्धतासहित पहिलो बैठक सम्पन्न गरेको छ । संघका महासचिब धनन्जय बुढाले शनिबार एक प्रेस विज्ञप्ति मार्फत बैठकले लिएका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा देशभर संगठन विस्तार गर्ने, कोभिड–१९ को दुबै महामारीमा रोजगार गुमाएका श्रमजीवीहरुको व्यवस्थापन गर्ने पहल गर्ने, जबर्जस्ती निष्काशन गर्ने, बेतलबी विदा राख्ने, बा“की बक्यौता नदिने, निष्काशन गर्ने नियतले गरिने अनावश्यक सरुवालगायतका सञ्चार गृहहरुका हर्कत रोक्न अन्दोलन गर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

सो संघ आधिकारिक रुपमा गठन भएपछि पहिलोपटक असार २६ गते अध्यक्ष जन्मदेव जैसीको अध्यक्षता र अग्रज सल्लाहकारसहित सिंगो कार्यसमिति सम्मीलित बैठकले ठूला मेडिया भनिएका कर्पोरेट सञ्चार गृहहरुले सरकारलाई नै चुनौति दिनेगरेर पत्रकार विरोधी कार्य गरिरहेको विषयले बढी चर्चा पाएकोे जनाइएको छ ।

सो संघका सल्लाहकार बलराम थापाले राज्यको चौथो अंगकारुपमा रहेको सञ्चार जगत हाँक्ने सञ्चारकर्मीहरुको संगठन समाज परिवर्तनका निम्ति प्रतिबद्ध भएर लाग्नु पर्ने र श्रमजीवीहरुको हितमा लड्नेहरुलाई सधै आफ्नो साथ रहने बताए । अर्का सल्लाहकार नारायण शर्माले वर्तमान व्यवस्था श्रमजीवीहरुको नभएकाले सधै उनिहरुको हकमा लड्ने फराकिलो घेरासहित सो संघ चलेको खण्डमा धेरै सम्भावना रहने बताए । त्यसैगरी सल्लाहकार धर्मेन्द्र कुमार कर्णले आफू बर्षौदेखि श्रमजीवी पत्रकारकारुपमा कार्यगर्दै र मेडियामालिकहरुको गलत रबैयाविरुद्ध लड्दै आएको अनुभव बताउँदै अब आन्दोलन गर्नेहरु त्यतिमै सिमित रहे केही नहुने सुझाए । सल्लाहकार रेमबहादुर विश्वकर्माले श्रमजीवीहरुको पक्षमा लड्न नीतिगतरुपमा पनि बलियो आधार तयार गरेर अघि बढ्नु पर्ने सुझाब दिए । अध्यक्ष जन्मदेव जैसीले आफूहरु सधै श्रमिक वर्गको हितमा अनवरत लड्दै आएको र त्यसलाई थप सशक्त बनाउन यो नयाँँ संगठन बनाएको प्रष्ट पारे । उपाध्यक्ष अमृत भादगाउँले लगायत पदाधीकारी र केन्द्रीय कार्यसमिति सदस्यहरुले कुनैपनि हालतमा श्रमजीजी पत्रकारहरुलाई आफूहरुले संरक्षण गर्नु पर्ने धारणा राखे ।

 

प्रेस विज्ञप्तिको पूण पाठ-

श्रमजीवी–पत्रकार, संघ, नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार एवं श्रमिकहरुको हकहित, पेशागत, भौतिक सामाजिक सुरक्षाका साथै पत्रकारहरु आफैंले सञ्चालन गरेका साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको हित र संरक्षणका पक्षमा आवाज उठाउने संस्था हो । संस्था आधिकारिक रुपमा गठन भएपछि पहिलोपटक आज असार २६ गते बसेको बैठकको शुरुमै कृष्ण सेन इच्छुक, अग्निशिखालगायत दर्जनौ सहिद पत्रकारलगायत ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरियो ।
हाम्रा अग्रज सल्लाहकारसहित सिंगो कार्यसमिति सम्मीलित बैठकले गरेका निर्णयहरु यसप्रकार छन ः–

१) केन्द्र, प्रदेशलगायत स्थानीय निकायहरुमा प्रेस स्वतन्त्रता खोस्ने नियतले ल्याइएका कानुनहरुको खारेजी, नागरिकका मौलिक अधिकार सुनिश्चितता, कोभिड–१९ को दुबै महामारीमा रोजगार गुमाएका श्रमजीवीहरुको व्यवस्थापन, श्रमजीवी पत्रकार तथा श्रमिक सञ्चारकर्मीको अधिकार संरक्षण एवं न्यायिक निरुपणका लागिे अधिकार सम्पन्न सञ्चार न्यायलयको गठन, पत्रकारहरुको बृत्ति विकासका लागि कार्ययोजना तथा स्वरोजगार मिडियाकर्मीको संरक्षण र प्रवद्र्धन गर्ने, सम्मानित सर्वोच्च अदालतको फैसला अनुरुप सम्पूर्ण सञ्चारमाध्यमले विज्ञापनवापत प्राप्त हुने रकमको १० प्रतिशत उपलब्ध गराई प्रतिष्ठानमै पत्रकार तथा श्रमिकहरुका लागि कल्याणकारी कोष स्थापना हुनुपर्ने र त्यसका लागि सरकारले कडाइपूर्वक कार्यान्वयन गराउनुपर्ने, सबै सञ्चारमाध्यामलाई समानुपातिक ढंगले अनिवार्य विज्ञापन उपलब्ध गराउनुपर्नेलगायतका माग राखी सरकारको ध्यानाकर्षण गराउने र लगत्तै दबाबमुलक अभियान थाल्ने ।

२) जबर्जस्ती निष्काशन गर्ने, बेतलबी विदा राख्ने, बा“की बक्यौता नदिने, निष्काशन गर्ने नियतले गरिने अनावश्यक सरुवालगायतका श्रमजीवीका हकअधिकारविरुद्धका हर्कत बन्द गर्न एवं श्रमजीवीहरुको पारिश्रमिक बृद्धि, तहगत बर्गिकरण र सो अनुरुप तलबको व्यवस्थापनलगायतका मागराखी सम्बन्धित सरोकारलाई दबाब दिने ।
३) कान्तिपुर, कारोबार, नाइस टिभी, नेपाल आज, नागरिकलागयतका सञ्चारमाध्यमले अझै बा“की बक्यौता भुक्तानी नगरेकाले ती सञ्चारमाध्यामहरुलाई संघले ध्यानाकर्षण गराउने र दबाब दिने ।
४) यस संघको प्रदेश, जिल्ला, प्रतिष्ठान, अन्तर्राष्ट्रियसहित विभिन्न शाखाहरु विस्तार गर्ने, देशभर भेला, सम्मेलन, अन्तरकृया, सदस्यता वितरणको कार्यलाई तिव्रताका साथ अघि बढाउने ।
५) संघले उठाएका मुद्धाहरुमा अन्य साझा तथा सहधर्मी संघ–संगठनहरुस“ग सहकार्यको प्रस्ताव गर्ने र हाम्रो संघस“ग सहकार्य गर्न इच्छुक सबै सञ्चार–संस्थाहरुस“ग संयुक्त दबाब अभियान चलाउने ।

Loading...