माओवादी केन्द्र खारेजीको माग गर्दै निष्कासित पुर्व माओवादी नेता पुगे निर्वाचन आयोग

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै एमालेमा लागेका तथा कारवाही गरेका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।

रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेताहरुले लामो समय देखि अधिवेशन नगरेको माओवादी केन्द्र अवैधानिक रहेको दावीसहित आज आयोग पुगेका हुन् ।

उनीहरुले माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्न सक्छ भन्ने तर्क उठाएका छन् ।
ति नेताहरुले माओवादी केन्द्रले तीन महिना अगाडी आफूहरूलाई गरेको कारवाही पनि अवैध भएको दावी गरेका छन् ।

Loading...