चितवन प्रशासन जारि गर्यो कर्फ्यु आदेश ,घर बाहिर निस्कन नपाइने

चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेपछि चर्किएपछि प्रशासनले कर्फ्यु आदेश जारि गरेको छ।
चितवनक प्रमुख जिल्ला अधिकारी प्रेम लाल लमेछाले एक सुचना जारी गर्दै पूर्वपश्चिम राज्मंग्को राप्ति नगरपालिका १ लोथरदेखी वडा न ४ दुधुवा सम्मको सम्मको राजमार्गको दायाँ बायाँ ५ सय मिटर सम्म कर्फ्यु लागिएको जानकारी दिएका छन्।
प्रमुख जिल्ला अधिकारी लामेछानेले भण्डारीको मृत्युको बिषयलाइ लिएर पुर्व पश्चिम राजमार्ग अवरुद्द गरि प्रदशन गर्ने ,भिड जम्मा गर्ने ,निजि तथा सार्वजनिक सम्पत्ति तोड फोद गर्ने , आगजनी गर्ने , शन्ति सुरक्षा भंग गर्ने अवस्था आएकोले कफ्यु आदेश जारि गर्नु परेको बताएका छन्।
मंगलबार साझ ७ बजे देखि बुधबार साँझ ७ बजे सम्म पुर्व पश्चिम राजमार्गको लोथर पुल देखि राप्ति -४ दधुवा सम्मको राजमार्ग तथा दायाँ बायाँ ५०० मिटर क्षेत्रका लागि कर्फ्यु आदेश जारि रहेको जनाएको छ।
लामो दुरीका सवारी साधन बाहेक कुनै ब्यक्ति आवतजावत गर्न , भालेला हुन् नपाउने कर्फ्यु आदेशमा उल्लख गरिएको छ।

स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग आज दिउँसो ३ बजेदेखि अवरुद्ध गरेको हो । प्रहरीले राजमार्ग खुलाउन खोज्दा भएको झडपमा परी नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उनले भिड नियन्त्रणका लागि गएका डीएसपीसमेत घाइते भएको बताए ।

अहिले पनि बाटो खुलाउने प्रयास जारी रहेको एसपी अधिकारीले बताए । घटनाको अनुसन्धान भइरहेकाले राजमार्ग बन्द गरेर अरु सर्वसाधारण नागरिकलाई दुःख नदिन एसपी अधिकारीले अनुरोध गरेका छन् ।
प्रर्दशनकारीहरुले पोष्टमार्टम रिपोर्टमा तलमाथि नगर्न चेतावनी दिदै घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।

Loading...