स्वीडेनका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी- स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पदबाट राजीनामा दिएका छन् ।

अघिल्लो सोमबार संसदमा अविश्वासको प्रस्तावमाlथ मतदान हुँदा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै आएका उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

नियमित निर्वाचन हुनुभन्दा एक बर्ष अगाडि उनले विश्वासको मत गुमाएर राजीनामा दिएका हुन् । यसलाई स्वीडेनमा विषेश अवस्था मानिएको छ ।

कोरोनाभाइरसको महामारी चलिरहेका बेला मुलुक निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता पनि व्यक्त भइरहेको छ ।

उनले राजीनामा दिएसँगै सभामुखले नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया अगाडि बढाउने भएका छन् ।

संसदमा बहुमत सिद्ध गर्न सक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्ने कानुनी व्यवस्था अनुसार नेताहरूले गृहकार्य थालिसकेको जनाइएको छ ।

नयाँ सरकार नबन्दासम्म भने अहिलेकै सरकारले काम चलाउ सरकारका रूपमा पनि काम गरिरहने व्यवस्था रहेको छ ।

Loading...