गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्ण चन्द्र नेपाली पोख्रेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ ।संविधानको धारा १६८ (५) अनुसार पोखरेल मुख्यमन्त्री नियुक्त भएको हो।
प्रदेश सभामा बिहिबार भएको मतदानमा कुल ५७ जना मध्ये उनको विपक्ष २७ र बिपक्षमा ३० मत परेसँगै मुख्यमन्त्री पदबाट पदमुक्त भएका थिए ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्य सहितको हस्ताक्षर बुझाएका थिए । कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए ।

Loading...