केन्द्र सरकारमा जस्तो षडयन्त्र गण्डकीमा नदोहर्याउन चेतावनी- काग्रेस प्रवक्ता शर्मा

काठमाडौ। केन्द्र सरकारमा जस्तो षडयन्त्र गण्डकीम प्रदेश सरकारमा नदोहर्याउन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चेतावनी दिएका छन् ।

उनले शितल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस् भन्दै कब्जा शैलीमा राष्ट्रपतिको दुरुपयोग गरेझैं दुइदिन अगाडी विश्वासको मत गुमाएका व्यक्तिको पुनः मुख्यमन्त्री पदमामा गरेको दाविले षड्यन्त्रको आशंका बता। ‘तस्बिर बोल्छ– बहुमतको हस्ताक्षर मात्र होइन, बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ , अविस्वासका पक्ष्मा रहेका संसदहरुको सामुहिक खिचिएको तस्बिरले बताएको शर्माको भनाइ छ। 

विश्वासको मत गुमाएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुनः आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट्न प्रदेश कार्यालय पुगेका थिए । तर सुरक्षाकर्मीले गेटबाट भित्र जान नदिएपनि उनीहरु गेट अगाडि नै धर्ना दिएका हुन् । उनीहरुले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्ती गरिनुपर्ने माग गरेका छन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री बनाउन अघि सारेका कृष्णचन्द्र नेपाली पनि धर्नामा रहेका छन् ।

 

Loading...