पक्राउ परेका अभियन्तालाई तत्काल रिहा गर्न बृहत् नागरिक आन्दोलनको माग

काठमाडौँ। बृहत् नागरिक अन्दोलनले गिरफ्तारीमा परेका नागरिक अभियन्ताहरुको तत्काल रिहाइको माग गरेको छ। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपलगायतका विषयमा बिहिबार विरोधमा उत्रिएका नागरिक अभियानता नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत १८ जनालाई प्रहरीले शुक्रबार बालुवाटारबाट गिरफ्तार गरेका हुन्।

नागरिक आन्दोलनले अभियानताहरुले शान्ति पुर्वक गरिएको बिरोधमा धरपकड गरिएकोमा खेद प्रकट गर्दै विज्ञप्ति मार्फत पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ।पक्राउ परेका अभियानतालाइ तत्काल रिहा नगरे कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएको छ।

साहित्यकार एवं अभियन्ता खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशि विक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जान बाबु पक्राउ परेका छन्।

 प्रहरीले उनीहरूलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखेको छ।

जारि विज्ञप्तिमा भनिएको छ। –

‘लोकतान्त्रिक प्रकृया र संविधानलाई नै घातक प्रहार गर्न उद्यत ओली सरकारले जनस्वास्थ्यको पक्षमा उत्रिएका अभियन्ताहरू लाई गिरफ्तार गर्दै आफ्नो सर्वसत्तावादी अनुहार फेरि प्रदर्शन गरेको छ,’ हामी उहाँहरुको तत्काल रिहाइ गरिएन भने कडा संघर्षका कार्यक्रम गर्न हामी बाध्य हुने छौं ‘

Loading...