काठमाडौँ महानगरको खोप अभियान स्थगित, खोपको संख्या सकिए सूचना

 

काठमाडौँ । काठमाडौँ मह्नगर पालिकाले ६० देखि ६४ बर्ष उमेर समूहका लागि दिइदै आएको कोविड विरुद्धको चिनियाँ खोप भेरोसेल भोलिबाट स्थगित हुने भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले बिहिबार जारि गरेको सूचनामा जिल्लाका लागि छुट्याइएको संख्या सकिएको र अर्को सूचना नआउञ्जेल खोप अभियान स्थगित भएको जनाएको छ ।

६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरु यस अघिको कार्यक्रममा छुटेका जेठ २५ गतेदेखि उनीहरुलाई पहिलो मात्रा दिन थालिएको थियो । तालिकाअनुसार जेठ २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि दिइसकिएको छ । भोलि अर्थात जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप दिने तालिका थियो ।

तालिकाअनुसार छुट्ने हरुमा ६० र ६१ बर्ष उमेर समूहका छन् ।

सम्बन्धित समाचार-  

https://nonstopkhabar.com/archives/63665?fbclid=IwAR3Tns_8swiXjRfhPom9UIDACQOXIc4lZlYUfsV0W4U8G-2_3a91uU8ICxo      

 

Loading...