काठमाडौँ महानगरको खोप अभियान स्थगित, खोपको संख्या सकिए सूचना

काठमाडौँ । ६० देखि ६४ बर्ष उमेर समूहका लागि दिइदै आएको कोविड विरुद्धको चिनियाँ खोप भेरोसेल भोलिबाट स्थगित हुने भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले आज एक सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेल खोप स्थगित भएको जनाएको छ । विभागका प्रमुख हरिबहादुर कुँवरले हस्ताक्षर गर्नुभएको सूचनामा सूचनामा स्वास्थ्य सेवा विभागलाई उधृत गर्दै भनिएको छ, जिल्लाका लागि छुट्याइएको संख्या सकिएको छ ।

६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरु यस अघिको कार्यक्रममा छुटेका जेठ २५ गतेदेखि उनीहरुलाई पहिलो मात्रा दिन थालिएको थियो । २५ गते नै वडाहरुलाई अर्को परिपत्र जारी गर्दै, त्यसअघि तोकिएका (६० — ६४ बर्ष उमेर समूह) वाहेक यस अघि खोप लगाउन छुटेका र अहिले विरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जव टे«निङ्मा रहेका नर्सिङ् र प्यारा मेडिक्स तथा यस अघि भेरो सेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुटेकालाई परिचय पत्रका आधारमा खोप लगाउन अनुरोध गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ २४ गतेको पत्र उधृत गर्दै विभागले वडाहरुलाई आग्रह गरेको थियो ।

तालिकाअनुसार जेठ २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि दिइसकिएको छ । भोलि अर्थात जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप दिने तालिका थियो ।

तालिकाअनुसार ६० र ६१ बर्ष उमेर समूहका व्यक्तिहरु छुट्नेछन् ।

Loading...