कोभिडका विरामीलाई सात निःशुल्क सेवा , निजि अस्पताल संग गरिएको यस्तो सम्झौता

काठमाडौं । कोभिडका विरामीले निजि अस्पतालबाट विभिन्न निःशुल्क सेवा पाउने भएको छ।

स्वास्थ्य मन्त्रालयसँग गरेको सम्झौतामा निजि अस्पतालहरुले अब कोभिडका विरामीहरुलाई ७ वटा सेवाहरु निःशूल्क सेवा दिनु पर्ने र ५ वटा निःशुल्क नहुने विषयहरु उल्लेख गरेर मन्त्रालयले विहिवार एक विज्ञप्ती जारी गरेका छन ।

सामन्य रगत परीक्षण ( सिरम युरिया, सुगर सिआरपी, सिविसी, हेमोग्लोविन, प्लेटलेट, एएसटी आदी), छातीको एक्सरे, स्लाईन तथा सामन्य औषधीहरु, विरामीको शैया शुल्क, खाजाखानसहित चार छाक, चिकित्सक तथा राउण्ड सेवा र अक्सिजनमा शुल्क नलाग्ने भएका छन ।

निःशुल्क नहुने विषयहरुमा आईसियु बाहेकमा विरामीमा पिसिआर, रेम्डेसिभर, प्लाज्मा थेरामी, सिटी स्क्यान, हायर एन्टीबायोटिक्सहरु रहेका छन ।

मन्त्रालय संगको सम्झौता अनुसार अस्पतालहरुले सेवा नदिए वा अन्यथा भएमा मन्त्रालयले अस्पताललाई नेपाल सरकारबाट कुनै पनि सोधभर्ना नदिने, निःशुल्क कोभिड १९ को सेवा प्रवाह गर्ने अस्पतालको सुचिबाट हटाईने , अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुन बमोजिम कार्वाही समेत गरिने जारी सुचनामा उल्लेख छ । 

Loading...