मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन असफल, स्वत पदमुक्त

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।

प्रदेश सभामा बिहिबार भएको मतदानमा कुल ५७ जना मध्ये उनको विपक्ष २७ र बिपक्षमा ३० मत परेसँगै मुख्यमन्त्री पदबाट पदमुक्त भएका हुन् । प्रदेश सभामा ५८ जनाको उपस्थिती रहेकामा मन्त्री समेत रहेका प्रदेश सभा सदस्य दीपक मनाङे आज उपस्थित भएका थिएनन् ।६० सदस्यिय प्रदेशसभामा बहुमतका लागि ३१ मत आवश्यक पर्छ।प्रदेशमा सरकार गठनका लागि सरकार पक्ष र प्रतिपक्ष गठबन्धन दुवैको पक्षमा बहुमत पुग्न सकेन। 
प्रदेश सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराएका छन्।

Loading...