संसद् भवनमा आज सर्वदलीय बैठक बस्दै

 

काठमाण्डौ। संसद भवन बानेश्वोरमा आज सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूलाइ छलफलका लागि बोलिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसहित अरू दलका नेताहरूसँग
समसामयिक बिषयमा छलफल गर्न बोलाएका हुन् ।

सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित सबैलाई बुधबार लिखित निमन्त्रणा पठाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा विघटनको अवस्थामा बोलिएको यो बैठकले सभामुख संग रहेको विषेशाधिकारको प्रयोग हुन सक्ने हो कि ? भन्ने अनुमान भइरहेका बेला सभामुख सापकोटाले दलप्रमुख , पुर्व प्रधान मन्त्री र पूर्व सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।

Loading...