कोविड महामारीले गर्दा समस्या परेकालाई आवश्यक सहयोग गर्ने मेयर शाक्यको प्रतिबद्धता

काठमाडौँ। नेकपा एमाले १५ वडा कमिटीले आज काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यसगँ भेट गरेको छ । कमिटीका अध्यक्ष धावा रुम्बा, नेकपा एमाले महानगर कमिटीका सदस्य लक्ष्मण शाही, उद्दव खड्गी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क्षेत्र नं ८ का कमिटीका सदस्य निसार उद्दिन सहितले वडा कमिटी र राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले कोभिड-१९को विषम परिस्थितिमा आफ्नो वडाबासीहरुको सुरक्षाको लागि समर्पित भइ गरिरहेको गतिविधि बारे जानकारी गराएका हुन्।

नेकपा एमाले महानगर सदस्य लक्ष्मण शाहीले अहिले मानव जीवन रक्षाको लागि रोग मात्र नभई भोकले कोही पनि नमरोस भनेर नेकपा एमाले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ द्वारा राहत वितरण कार्यक्रम गरिरहेको पनि जानकारी गराए ।

मेयर प्रमुख शाक्यले कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी गरेका सामाजिक कार्यलाइ उल्लेखनी र प्रसंशा गर्दै यस्तो कार्य अरु वडा कमिटीहरुले पनि सिक्नुपर्ने पनि बताए। उनले यसकिसिमको सामाजिक कार्यमा काठमाडौं महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

Loading...