छाक टार्न समस्या भए ११८० मा सम्पर्क गर्न आग्रह

काठमाडौँ । निषेधआज्ञका तथा बन्दाबंदीका कारण दैनिक छाक टार्न समस्या भएकालाइ काठमाडौँ महानगरपालिकाले नि:शुल्क टेलिफोन हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।
कोरोनाको दोस्रो लहरका देशका अधिकांश जिल्लामा बन्दाबन्दी भएपछी नागरिकको आम्दानीका स्रोत ठप्प भएको छ। महानगरले एस्तो परिस्थितिमा कसैलाई खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा सम्पर्क गर्न भनिएको हो। महानगरले अघिल्लो वर्षको कोरोना महामारीका समयमा विभिन्न सङ्घसंस्था र महानगर आफैँले पनि वडासँग समन्वय गरी समस्यामा परेकालाई विभिन्न वडा कार्यालय मार्फत सहज खाद्य सामग्री वितरण गरेको थियो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले हटलाइन मार्फत प्राप्त जानकारीको आधारमा महानगरपालिकाका ३२ वडामध्ये कुन वडाबाट सहयोग गर्न सहयोग हुन्छ सोहीअनुरुप आवश्यक खाद्य सामग्री सहयोग गरिने बताउनु भयो ।

Loading...