नेपाल समूहको घोषणा : जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्ने

 

काठमाडौं । नेकपा एमालेका नेता माधव नेपाल पक्षले २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा गरेका छन् ।

नेपाल खनाल पक्षको बुधबार बसेको बैठकपछि आज सहभागी १७ वटा भ्रातृ संगठनहरूले संयुक्त बिज्ञप्ति जारी गर्दै पार्टी , जनसंगठनहरूका सबै संरचनालाई जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा गरेका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएको भन्दै असन्तुस्ट खेमाका नेपाल खनाल समुहले ती सबै खारेज हुनुपर्ने अडान कायमै राखेका छन्।

यस्तो छ बिज्ञप्ति –

‘प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संबिधान गुम्ने खतरा पैदा भएको छ भने पार्टी विधानविपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले एमाले र कम्युनिष्ट आन्दोलन संकटमा परेको छ । संविधान, पार्टी विधान र पद्घतिविरुद्घ गरिएका सम्पूर्ण निर्णयहरू सच्याएर सुदृढ र एकताबद्घ एमाले निर्माणको लागि हामी अध्यक्ष ओलीलाई आग्रह गर्दछौं ।’ 

संयुक्त बिज्ञप्ति जारी गरेका भ्रातृ संगठनहरू
१ अखिल नेपाल किसान महासंघ
२. अखिल नेपाल महिला संघ
३. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
४. नेपाल उत्पीडित जातीय मुक्ति समाज
५. युवा संघ, नेपाल
६. नेपाल खेलकुद महासंघ
७. नेपाल मुस्लिम इत्तेहाद संगठन
८. नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)
९. नेपाल भूमिहीन सुकुम्वासी संगठन
१०. नेपाल राष्ट्रिय उद्योग व्यावसाय महासंघ
११. नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
१२. पेसागत महासंघ, नेपाल
१३. नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन
१४. प्रेस चौतारी नेपाल
१५. राष्ट्रिय जनसांस्कृतिक महासंघ
१६. मानव अधिकार एलायन्स
१७. लोकतान्त्रिक मधेसी संगठन

   

 

Loading...