कुर्सी बचाउनका लागि तराईलाई मरुभूमि बनाउन नहुने प्रचण्डको माग

सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमै तराई-मधेस क्षेत्रको नदीबाट ढुंगा, गिटी, बालुवा भारत निकासी गर्ने घोषणा गरेपछि बौद्धिक तहबाट त्यसको बिरोध हुँदै आएको छ ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि त्यस प्रति आपत्ति जनाएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सरकारले आफ्नो कुर्सी बचाउनका लागि तराईलाई मरुभूमि बनाउन नहुने माग गरेका छन् । नदीजन्य सामग्रीको उत्खनन् र बेचविखनले तराई मरुभूमि हुने दाबी गर्दै उक्त निर्णय खारेजीको माग गरेका छन् ।

‘असंवैधानिक सरकारले बजेटमार्फत नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापारघाटा कम गर्ने नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस्,’ उनले सामाजिक सञ्जालमार्फत आफ्नो माग सार्वजनिक गरेका छन् ।

सामाजिक सन्चाल ट्विटरमा उद्योगपति बिनोद चौधरीले पनि तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराई बिहार भ्रमणमा रहदा त्यहाका मुख्यमन्त्री नितिसकुमारले नेपाल बाट ढुंगा, गिटी, बालुवा ल्याउने इच्छा राख्दा ठाडै इन्कार गरेको सम्झदै अहिलेको सरकारप्रति असन्तोष व्यक्त गरेका छन् ।

Loading...