काठमाडौँ। बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्स अक्सिजन उद्योगमा घन्टौ लाइनमा बस्नु परेको छ। बालाजु स्थित शंकर अक्सिजनमा बुधबार रित्तो सिलिन्डरका एम्बुलेन्स , अस्पतालका गाडीहरु उद्योग अगाडी बिहानै बात लामो लाइनमा बसेका देखिए भने कोहि निजि कार, ट्याक्सी र मोटर साइकलमा १ /२ वटा सिलिन्डर बोकेर बिरामीका आफन्तजन मलिन अनुहारमा लाइनमा उभिएका थिए। लाइनमा बसेका बिरामीका आफन्त एकजनाले भने ‘ ४ घण्टा भैसक्यो पालो आएको छैन , घरमा बुबालाई चढाएको अक्सिजन कत्तिखेर सकिने हो ? ’ उनको मोबाइल मा लगातार घन्टी बजिनै रहेको थियो। उताबाट सोधिदै ‘ खै , भएन भने यहा ’।
यसै गरि एक एम्बुलेन्स चालक निकै निरास थिए। उनको मोबाइलमा हस्पिटलको फोन बज्या बजे थियो। अर्का गाडी चालकले भने ‘ बिहानै ७ बजे लाइनमा बसेको अहिले ३ बज्यो नखान पायो न पालो आयो ’। कोहि आफन्त जानको आइ सी युमा उपचर हुदै गरेको जानकारी गरिएको अस्पतालको कागजात बोकेर अक्सिजनको लागि बिननय गर्दै थिए।
२० प्रतिशत क्षमतामा चल्ने उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदासमेत माग धान्न धौधौ परेको छ । कोभिड संक्रमण बढेसँगै उपत्यकाका उद्योग २४ सै घण्टा सञ्चालन भइरहे पनि अस्पतालको माग धान्न सकेका छैनन् । उद्योग विभागको तथ्यांकअनुसार उपत्यका भित्र १० वटा र बाहिर १९ अक्सिजन उद्योग छन् । उपत्यकाका उद्योगमा ७६ हजार २ सय १० सिलिन्डर छन् । दैनिक उत्पादन क्षमता २४ सय ६० क्युबिक मिटरमा ५हजार ९सय ४० सिलिन्डर भरिदै आएको विभागको तथ्यांकमा छ ।