नक्कली OXIMETER बेच्ने पक्राउ

काठमाडौँ। नक्कली Oximeter (अक्सिमिटर) बेच्ने ७ जनालाइ पक्राउ गरिएको छ। मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने Oximeter (अक्सिमिटर) झुक्याएर अधिक मुल्य लिई नक्कली बेचबिखन गर्दै आएकालाइ मंगलबार महानगरीय अपराध महाशाखा , जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका सहायक प्र.जि.अ., औषधी व्यबस्था बिभाग तथा बाणिज्य बिभाग समेतको संयुक्त टोली समेतको सहभागितामा मंगलबार विभिन्न स्थानबाट शिखर श्रेष्ठ , थुमराज उपाध्याय , शेषकान्त अधिकारी, पुष्कर घिमिरे , बिशाल आचार्य , सन्तोष भण्डारी र जगदिश प्रसाद रानासरियालाइ पक्राउ गरिएको हो।
महाशाखा टोलीले उनीहरुबाट उत्पादन मिति, म्याद समाप्त मिति, खरिद बिक्रि मुल्य, उत्पादक कम्पनीको नाम लगायत केहि पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मुल्यको जम्मा ७६५ थान नक्कली अक्सिमिटर बरामद गरेका छन्।
बजार मुल्य ६/७ सय पर्ने अक्सिमिटरहरु रु २२२० सम्म अधिक मुल्यमा बिक्री बितरण गरेको पाईएको छ ।
आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि. मा काम गर्ने अनामनगर बस्ने बर्ष ४४ को बिशाल आचार्यले डि एण्ड डि इन्टरप्राइजेज न्यूरोड मार्फत् चिनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्सा भित्र लुकाइछिपाई उक्त अक्सिमिटरहरु ल्याइएको अनुसन्धान बात खुल्न आएको महाशाखाले जनाएको छ।

Loading...