काठमाडौं उपत्यकामा लकडाउन गर्ने सरकारको तैयारी , आजै हुनसक्छ निर्णय

काठमाडौं। उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउन गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षा सावधानी नअपनाएको भन्दै सरकारलाइ लकडाउन गर्न सुझ्गाव दिएको हो।

आज दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा १ महिना लकडाउन गर्न सुझाव दिने सीसीएमसी सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार काठमाडौं उपत्यका प्रवेश गर्ने नाका १ महिना बन्द गर्ने र यातायातका साधन पनि चल्न रोक लगाउनु पर्ने अवस्थाबारे प्रधानमन्त्री ओलीलाई सीसीएमसी सचिवालयले ब्रिफिङ गर्ने भएको छ।

Loading...