भारतसहित दक्षिण एसियाका ५ राष्ट्रकाे भ्रमण नगर्न अमेरिकाले गर्यो आग्रह

 

काठमाडाैं । अमेरिकाले आफ़्न नागरिहरुलाइ भारतसहित दक्षिण एसियाका ५ राष्ट्रकाे भ्रमण नगर्न आग्रह गरेकाे छ।

भारतसहित पाकिस्तान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्समा काेराेनाको दोश्रो लहरले संक्रमितकाे संख्या दिनानुदिन बढ्दै वृद्धि भइ स्वास्थ्यको दृस्टीकोणले जोखम भइरहेकाे भन्दै अमेरिकाले भ्रमण नगर्न सुझाव दिएकाे हाे।बिहीबार विदेश विभागले यी देशकाे यात्रा गर्नै परेमा आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेकाे छ।

यस्तै, चीन र नेपालकाे यात्रा तयारीमा रहेका नागरिकहरुलाई पुनर्विचार गर्न पनि आग्रह गरिएकाे छ। श्रीलंकाको यात्राको क्रममा सावधानी अपनाउन र भुटानको लागि सामान्य यात्रा सावधानी अपनाउन निर्देशन दिइएकाे छ।
चीन नेपाललाई १ मा सुचीकरण गरिएको छ । भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र माल्दिभ्सलाई स्तर ४ मा राखिएको छ। जसको अर्थ यी राष्ट्रमा भम्रण गर्दा असुरक्षित रहने देखाएको हो ।

Loading...