‘ पूर्व उपसचिव डोटेलले कब्जा गरेको सरकारी जग्गा नियम संगत खाली गरायौ ’ सांसद श्रेष्ठ

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ (क ) प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारका पूर्व उपसचिव सुरज डोटेलले कब्जा गरेर संरचना बनाई भाडामा लगाएको एक रोपनी ८ आना भन्दा बढी जग्गामा आज डोजर चलाई खाली गरिएको छ ।    काठमाडौँ महानग पालिका १० र ११ वडा बिजुलीबजार धोवीखोला छेउका अतिक्रमित गरिएका  कित्ता नं. २७ र १८ को  जग्गा सरकारका पूर्वउपसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरि बनेका भौतिक संरचना आज स्थानीय जनप्रतिनिधि , नगरप्रहरीको सहयोगमा महानगर पालिकाको डोजर लगाई हटाइएको सांसद श्रेष्ठले बताउनु भयो। 
सांसद श्रेष्ठले भन्नु भयो – ‘ हामीले पटक पटक पूर्व उपसचिव डोटेललाइ सूचना दिएका थियौ , आफ्नी जग्गा भए प्रमाण लिएर आउनु पर्यो नि , तर समय सिमा भित्र आउनु भएन, वडा कार्यालयले सरकारी जग्गाको सिमांकन गरिसकेको थियो । ’ सोस्थानामा धोवीखोलाले छोडेको सरकारी जग्गामा अन्य धेरै सरकारी जग्गा व्यक्तिको नाउमा कव्जा गरि भाडामा दिएको श्रेष्ठ बताउनु हुन्छ। ‘ जनताले गरेको आग्रह बमोजिम अहिले सरकारी जग्गामा बनेको घर कम्पाउन डोजर लगाई खाली गराउने अभियान चलाएका छौ। ’ श्रेष्ठले बताउनु भयो। 

Loading...