पशुपति मन्दिर शुक्रबाट बन्द

काठमाडौँ। पशुपति नाथ मन्दिरमा सर्वसाधारणको लागि दर्शनमा रोक लगाएको छ। पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ , गुहेस्वरी लगाएत मन्दिरको दर्शनमा शुक्रबार बात रोक लगाएको हो । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको कोषले जनाएको छ ।

कोषले आज एक बिज्ञप्ति निकाली भनेको छ – ‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले,’ कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा हस्ताक्षरित विज्ञप्तिमा छ,‘सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ ।’
कोभिड–१९ को संक्रमण नेपालमा समेत बढ्दै गइरहेको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि निर्णय लिएको जनाइएको छ । सरकारले संक्रमण रोग ऐन, २०२०को दफा २ अनुसार आदेश जारी गरेअनुसार निर्णय लिइएको विज्ञप्तिमा जनाइएको छ । 

Loading...