सहिदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने

  फागुन १ , काठमाडौँ।   २६औं जनयुद्ध दिवस को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा नेकपाका नेताहरुले सहिदहरुका वलिदानलाई सम्झेका छन। अध्यक्ष प्रचण्डले सम्बाेधन गर्दै जनयुद्धमा आफू पनि थोरैले बाँचेको बताउँदै अध्यक्ष सहिदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलवाडसँगै सहिदका सपना कुल्चिने प्रयास गरिरहेको अध्यक्ष प्रचण्डले आरोप लगाए । निकै भाबुक हुदै उनले सहिदहरुको सम्झना गर्दै भने , प्रधामन्त्री ओलीले चालेको कदमविरुद्ध आफू मर्नबाट समेत नडराउने बताए । सहिदहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धीलाइ आफुहरुले कुनै पनि हालतमा गुम्न नदिने र जरुरी पर्छ भने फेरि बलिदान दिन तयार रहने अध्क्षय दाहालले बताए।

सात दशक लामो हजारौं सहिदहरुको संघर्षबाट प्राप्त भएको गणतन्त्र उपलब्धी खतरामा पर्न लागेको भन्दै अब समै नेपालीहरु एकजुट भएर फेरि एकचोटी संघर्षको मैदानमा उत्रिनुपर्ने बेला आएको पनि उनले बताए ।

Loading...