SMS गरी ज्यान मार्ने डर, धाक, धम्की देखाई लाखौं रकम माग गर्ने पक्राउ

 

काठमाडौँ। महानगरीय अपराध महाशाखाले विभिन्न व्यक्तिलाई SMS गरी ज्यान मार्ने डर धाक धम्की देखाई लाखौं रकम माग ब्यक्तिहरु पक्राउ गरेका छन्। काठमाडौं उपत्यका भित्र बिभिन्न ब्यक्तिहरुलाई फोन तथा SMS गरी धम्क्याउने प्रदिप कार्की, सुरज भण्डारी र किरण कार्कीलाइ सोमबार महाशाखाले पक्राउ गरेको हो। निजहरुले लाखौं रकम माग गर्नुका साथै उक्त रकम नदिए निजहरुलाई क्षति पुर्‍याउने भनी धम्की दिने गिरोह सक्रिय रहेको भन्ने सुचना प्राप्त भएकोमा महाशाखाबाट निरन्तर त्यस्तो गिरोहको निगरानि राख्दै, खोजतलास गर्दै जादा पहिचान पछि पक्राउ गरि थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाईएको महाशाखाले जनाएको छ। 

Loading...