६ जना पीसीआर पोजिटिभ यात्रुहरुलाई यात्रा गराएको भनि प्रकाशित समाचार प्रति निगमको ध्यानाकषर्ण

काठमाडौँ।
नेपाल वायुसेवा निगमको दिल्ली स्टेशनबाट ६ जना पीसीआर पोजिटिभ यात्रुहरुलाई यात्रा गराएको भनि प्रकाशित समाचार प्रति निगमको ध्यानाकषर्ण भएको जनाएको छ। निगमले शुक्रबार जारि गरेको प्रेस बिज्ञप्तिमा विभिन्न सञ्चार माध्यमहरुमा नेपाल वायुसेवा निगमको दिल्ली स्टेशनबाट ६ जना पीसीआर पोजिटिभ यात्रुहरुलाई यात्रा गराएको भनि प्रकाशित समाचार प्रति निगमको गम्भिर ध्यानाकषर्ण भएको उल्लेख गर्दै यस सन्दर्भमा सत्य तथ्य जानकारी गराउनु निगमले आफ्नै कर्तव्य ठानेको बताएको छ ।
बिज्ञप्तिमा भनिएको छ , -‘ नेपाल र भारतबिच ब्ष्च द्यगददभि ब्नचभझभलत अन्तर्गत दुवै देशबाट दैनिक एक एक उडान हँुदै आएको सर्वविदित्तै छ । उक्त ब्नचभझभलत मा ७२ घण्टा भित्रको एऋच् रिपोर्ट हुनुपर्ने उल्लेख भए बमोजिम मिति घण्(ज्ञण्(द्दण्द्दण् (पौष १५, २०७७) मा दिल्लीबाट काठमाडौं उडान गर्ने ६ जना यात्रुहरुमा अघिल्लो दिन काठमाडौंबाट जाँदा गरिएको ७२ घण्टा भित्रकै एऋच् रिपोर्ट रहेकोले यात्रा गर्ने अनुमति दिइएको थियो । काठमाडौं अवतरण गरी सकेपछि ज्भबतिज म्भकप ले भारतमा गरेको एऋच् च्भउयचत चाहिने बताए पछि ६ जना यात्रुहरुलाई ७२ घण्टा भित्रको एऋच् भएता पनि क्वारेन्टाइनमा राख्नुपर्ने निर्देशन भए बमोजिम सोही अनुसार गरिएको थियो । तत् पश्चात नितिगत स्पष्टताको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गर्दा आवश्यक स्पष्टता प्राप्त भएकोले आईन्दा जुन देशबाट यात्रा गर्ने हो सोही देशको एऋच् रिपोर्ट अनिवार्य गरी दुवै देशका वायुसेवा कम्पनीहरुले कडाईका साथ लागु गरिरहेको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ । ’

Loading...