कमल पोखरीमा मध्यरात डोजर चलाएपछी अभियानताले काम रोकी डोजर फिर्ता पठाए

 

काठमाडौं । कमलपोखरी सिमसारमा पुरातत्व विभागको निर्देशन विपरित काठमाडौँ महानगर पालिकाले रातारात डोजर चलाएर जैविक हिलो माटो निकाल्ने काम भएको छ। सोमबार मध्यरातमा हिलो माटो निकालेर नारायण स्थान बुढानिलकण्ठ ओसारेर लगेकोमा अभियानताले आपत्ति जनाएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १ रहेको पोखरीको मौलिकता मास्ने र क्षेत्रफल खुम्च्याउने गरी महानगरले पोखरीलाई कंक्रिट संरचना बनाउन थालेपछि निर्माण रोक्न अभियानता र पुरातत्व विभागको दबाब समेत बढेको थियो ।

पुरातत्वले विभागले सोमबार महानगरलाई पत्राचार गरेको भएपनि मध्यरातमा नै डोजर चलाएर कमलपोखरी हिलो माटो निकालेर ओसारेको हो। अभियन्ता र संचारकर्मी मध्यरातमा नै कमलपोखरीमा पुगेर डोजर रोकेर फिर्ता पठाएका थिएको ।

पोखरी निर्माण प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधि भित्र रही कार्य गर्न र गराउन पुरातत्व विभागको सोमबार नै महानगरलाई पत्राचार गरेको थियो। 

६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी निर्धारित समय भित्रै सम्पन्न गर्ने गरी कामलाई दु्रतरुपमा अघि बढाउन काठमाडौँ महानगर पालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले गएको कार्तिक अन्तिम सातामा निर्माण व्यवसायी अर्जुन कडेँल र इन्द्र सिटौलालाई निर्देशन दिएका थिए । 

सम्बन्धित समाचार-

६ करोड ३६ लाखको लगानीमा पुर्ननिर्माण हुँदै कमलपोखरी, ४५ प्रतिशत काम सम्पन्न 

६ करोड ३६ लाखको लगानीमा पुर्ननिर्माण हुँदै कमलपोखरी, ४५ प्रतिशत काम सम्पन्न

 

Loading...