‘गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रा’को टोलीलाइ हनुमानढोका दरवारमा स्वागत – फोटोहरु

 

पुस २६,काठमाडौं । गोरखा दरबारबाट सुरु भएको गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका आइपुगेको छ ।

पुस २१ गते देखि गोरखा दरबारबाट शुरु भएको ‘गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा’ आज साँझ काठमाडौंको हनुमानढोकामा रहेको शार्दुलजंग गुल्ममा आइपुगेको हो । 

पदयात्रामा नेपाली सेनाले गोरखा दरबारबाट राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्च लगायत नेपाली सेनाको प्रथम पाँच वटा युनिटहरुको झण्डा काठमाडौं ल्याएको छ । 

फोटो – बुद्ध शरण शाही  

 

सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा प्रयोग गरेको एकीकरणको बाटो हिंडेर एकताको सन्देश दिएको पनि बताएको छ ।

पदयात्रामा रहेको सेनाको टोली गोरखाबाट नुवाकोट हुँदै ६ दिन लगाएर आइतबार हनुमानढोका आइपुगेको हो ।

हनुमानढोका दरबारमा पदयात्रा टोलीलाई शार्दुलजंग गुल्मका गुल्मपति विकास शाक्य तथा स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लबहरु, सर्वसाधारण लगायतले स्वागत गरेका थिए । सॉवसरमा संगै रहेको रंणभैराव गुल्मका गणपति महेश थापा लगाएत सो गुल्मको पनि सहभागिता रहेको थियो।

सो अवसरमा शम्शेरदल गणले हनुमानढकोकामा तैनाथ शार्दुलजंग गुल्मले पहिलो पटक आफ्नै गुल्मका सैनिक बाट धिमेबाजा प्रदशन गरिनुका साथै सैनिक ड्रिलको प्रदर्शन समेत गरेको थियो ।

पदयात्रामा रहेको टोलीले ल्याएको नेपालको झण्डा, टर्च र नेपाली सेनाको झण्डा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सोमबार प्रधान सेनापतिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

 

Loading...