काठमाडौँ। ललितपुरको दक्षिणी भेगमा पर्ने सुनाकोठी सडक खण्ड स्थानिएले बन्द गरेका छन्। दैनिक हजारौ सवारी साधन ओहर दोहर गर्ने यो सडक ३०सौ बर्ष देखि जिर्ण भएका कारण आफुहरुको पिडा कसैले नसुनेको भन्दै आइतबार बाट बिहान १० देखी साँझ ५ सम्म सडकमा धर्ना कसेर बन्द गर्न बाध्य भएको स्थानिएले बताउछन्।
स्थानीय असोक कुमार महर्जनले भने ‘ हामीले यस अगाडी पनि पटक पटक बाध्य भएर सडक बन्द गरेका थियौ , तर सम्झौता हुन्छ कार्यान्वयन भने हुदैन । यस अगाडी पनि यसरिनै सडक गरि बिरोध जनाउदा ठेकेदार कम्पनि सैलुङ्ग कन्स्ट्रक्सनले असोजको पहिलो हप्ता मा काम सुरु हुने आस्वासन दिएका थिए। एतिहासिक र सास्कृतिक मुख्य बस्ती बीच भएर जाने यो सड़कमा दैनिक सयौ ठुला बस, ट्रक टिपर र साना सवारी साधन आवत जावत गर्छन। जिर्णरहेको सदकाकरण यो क्षेत्रका बासिन्दा तथा बाटो प्रयोगकर्ताले २४सै घण्टा धुलो खान बाध्य छन्। सुनाकोठीको ३ कि मि सड़क कामै नलाग्ने गरि भत्केको छ भने सैलुङ्गले नै ठेक्का पाएर भंएको चापगाऊ -ठेचो सड़क बनावटमा कमसल भएका कारण भत्किसके का छन्। ’
यसै गरि प्रदेश सभा सांसद राजकाजी महर्जनले भने – ‘ सड़क बनाउने जिम्मा पाएका कम्पनि सैलुङ्ग संग यस अगाडी स्थानीयले यसै गरि बन्द गराएपछि प्रमुख जिल्ला अधिकारी, महानगर प्रतिनिधि ,सम्बन्धित अन्यनिकाय बीच असोज पहिलो हप्तामा काम अगाडी बढाउने सम्झुता भएको हो तर यो उसको गरि जिम्मेवारी हो। ठेक्का बापत पाएको रकम दुरुपयोग गरि अन्तै लगानी गरि जनतालाई सास्ती दिने कार्य प्रति मा पनि बिरिध गर्छु। सैलुङ्ग कम्पनीले हामि प्रदेश तथा स्थानि जनप्रतिनिधिको प्रतिष्ठामा आच आउने काम गरेको छ। ’
सड़क बन्द गराएका स्थानिएले सांस्कृतिक बाजागाजा सहित सोमबार दोश्रोदिन पनि सडकमा धर्ना कसेका छन। उनीहरुले सड़क बनाउने मिति पूर्ण ग्यारेन्टीका साथ सम्झौता नभए सम्म सड़क नखोल्ने बताएका छन्।

Loading...