शनिवार थपिए २५०८ संक्रमित, उपत्यकामा संक्रमण दर बढ्दै

काठमाडौं, १५ कार्तिक । शनिवार थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा ९२७९ नमूना परिक्षण गर्दा ९७६ महिला र १५३२ पुरुष गरी २५०८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले यसअघि झै सबैभन्दा बढी संक्रमण काठमाडौं उपत्यकामै रहेको जनाएको छ । काठमाडौं उपत्यकामा शनिवार १२५७ संक्रमित फेला परेका छन् । त्यसमध्ये पनि सबैभन्दा बढी १११३ संक्रमित काठमाडौं जिल्लामा रहेका छन् । त्यसैगरी ललितपुरका १९५ र भक्तपुरका ४९ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी मोरङका १३८ जना, चितवन र कास्कीका १०९–१०९ जना, झापा र सुनसरीका ७६–७६ जना, रुपन्देहीका ७५, काभेका ७४, दाङका ४६, नुवाकोटका ३९, बाँकेका ३५, रौतहट र तनहुँका २७–२७ जना, दोलखाका २२, बाराका २१, सप्तरीका २०, धनुषाका १८, बर्दियाका १७, बाग्लुङ र नवलपरासीका १६–१६ जना, बझाङका १४, खोटाङका १३ तथा रसुवा र कपिलवस्तुका ११–११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नवलपुरका १० जना, सिराहा, सिन्धुपाल्चोक र दैलेखका ९–९ जना, धादिङका ८, सर्लाही, गोरखा र स्याङ्जाका ७–७ जना, अछामका ६, पर्सा, महोत्तरी, मकवानपुर र दार्चुलाका ५–५ जना, इलामका ४, भोजपुर, रामेछाप, लमजुङ, गुल्मी, प्युठान, सुर्खेत, डडेलधुरा र डोटीका ३–३ जना, उदयपुर, सिन्धुली, पर्वत, कञ्चनपुर र कैलालीका २–२ जना तथा ओखलढुंगा, धनकुटा, पाँचथर, सोलुखुम्बु, पाल्पा, जाजरकोट, डोल्पा र सल्यानका १–१ जनामा संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । संक्रमित मध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त भएका छन् भने ९३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३८ हजार ५८४ संक्रिय संक्रमित छन्, जसमध्ये ३१ हजार ००८ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २९६ जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Loading...