म्याग्दीमा जीप दुर्घटनामा एकको मृत्यु, ११ घाइते

म्याग्दी, १४ कार्तिक । म्याग्दीको गलेश्वर बेनी सडक खण्डमा ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ११ जना घाइते भएका छन् । तीन गम्भीर घाइतेको उपचारका लागि पोखरा लान रिफर गरिएको छ ।

जिल्लाको रघुगंगा गाउँपालिका-६ ठाडाखानीबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको जीप बेनी नगरपालिका-८ र ९ को सिमानामा दुर्घटना हुँदा अन्नपूर्ण गाउँपालिका-२ भूरुङ गोरखापत्र अनलाईनका अनुसार तातोपानीकी १० वर्षीय रिया वि.क.को मृत्यु भएको छ । वि.क.को बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए । त्यस्तै घाइतेहरु मध्ये रघुगंगा गाउँपालिका-६ का ३० वर्षीय चालक नन्दलाल छन्त्याल, ८ वर्षीय दीक्षा शेरपुजा र बेनी नगरपालिका-८ का ४२ वर्षीय दलप्रसाद गौचनलाई थप उपचारका लागि पोखरा रिफर गरीएको सुवेदीले बताए ।

अन्नपुर्ण गाउँपालिका-२ की ४२ टकमायाँ बिक, रघुगंगा गाउँपालिका-६ का ३० वर्षीय बसन्त छन्त्याल, ५० वर्षीया अप्सरा पाइजा, २० वर्षीय सिर्जना शेरपुञ्जा, ४० वर्षीय ठककुमारी शेरपुञ्जा, १४ वर्षीय दिवा शेरपुञ्जा, चालककी श्रीमती मायाँ छन्त्याल र ७ वर्षीय इच्छा शेरपुञ्जा घाइते भएको र उनीहरुको बेनी अस्पतालमा उपचार भैरहेको छ ।

गाडी सडकभन्दा तल कालिगण्डकी किनारमा पुगेको र दुर्घटनाको कारण बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी इन्सपेक्टर डाक्टर प्रसाद चौधरीले बताए । चौधरीले भने -‘गाडीमा १२ जना सवार भएको देखियो दुर्घटनाको अन्य कारण खोजी भैरहेको छ ।’

Loading...